महन्थ ठाकुरले थपे आठ केन्द्रीय सदस्य
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा आठ जना केन्द्रीय सदस्य थपिएका छन्।
अर्का वरिष्ठ नेता राजेन्द्र महत्तो पार्टीबाट बाहिरिएपछि अध्यक्ष ठाकुरले नयाँ अनुहारलाई मनोनित गरिरहेका छन्।
मनोनित हुनेमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ।
सोसँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment