रविको फोटो सार्वजनिक गर्नेलाई कारवाही गर्ने प्रहरीको चेतावनी
काठमाडौं। जिल्ला प्रहरी कार्यालय, कास्कीले हिरासतमा रहेका व्यक्तिको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाललाई कारबाही गर्ने चेतावनी दिएको छ।
आज (बिहीबार) विज्ञप्ति जारी गर्दै कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसूरको तथ्यपूर्ण अनुसन्धानलाई नकरात्मक प्रभाव पार्नेगरी फोटो सार्वजनिक गरिएको भन्दै कारबाहीको चेतावनी दिएको हो।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको फोटो भन्दै डा.भुसालले केही दिनअघि आफ्नो फेसबुकबाट सार्वजनिक गरेका थिए। उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपनि डा.भुसालले सामाजिक सञ्जालमार्फत त्यस्को वास्तविकताबारे जानकारी पनि गराइसकेका छन्। उनले सो फोटो आफूले लामिछानेलाई भेट्न जानेक्रममा गत शनिबार कास्की प्रहरीको सीसीटीभीको मोनिटरबाट लिएको बताएका छन्।
डा.भुसालले अनुसन्धान तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साईबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गरेको कास्की प्रहरीको ठहर छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment