आज यी स्थानमा काटिँदैछ बिजुली

डिसी नेपाल
५ पुष २०८१ ६:३६
1.4k
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ।

प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *