अमेरिकाको क्यालिफोर्नियामा एकजना नेपाली बेपत्ता
अमेरिका। पिट्सबर्ग क्यालिफोर्निया निवासी निरज श्रेष्ठ नाम गरेका एक नेपाली केही दिनदेखि हराई रहेका छन्।
४ महिना अगाडि मात्र घर किन्न सफल निरज श्रेष्ठकी पत्नी र छोरी अत्यन्त व्याकुल अवस्थामा छन्। सो खबरले उत्तर क्यालिफोर्नियाका नेपाली समुदायमा सन्नाटा छाएको छ। यस क्षेत्रका समाजसेवी तथा अगुवाहरु नीजको खोजखबर गर्न बिभिन्न उपायहरु खोज्दै श्रेष्ठको पत्तो लाउने प्रयासमा छन्।
डिसेम्बर १८, २०२४ का दिन एनआरएनए आइसिसि मेम्बर उत्तम कार्कीको सकृयतामा, मनोहरा थापा, सुर्य शर्मा, सुभास हमाल पिट्सबर्ग लगायत एक प्रतिनिधि मण्डल पिट्सबर्ग प्रहरी कार्यालयमा गई उक्त व्यक्तिको खोजी गर्न अनुरोध गरेको छ।
टोलीको भनाइ अनुसार पिट्सबर्ग प्रहरीले सकारात्मक जबाफ दिएको छ। श्रेष्ठको मिडिया र बिभिन्न उपायमार्फत खोजी कार्यलाई तिब्रता दिने भएको छ। पिट्सबर्ग पुलिसले २ जना डिटेक्टिभलाई समेत परिचालन गरेको छ।
उत्तर क्यालिफोर्नियाका नेपाली समाजले सम्पूर्ण समुदायमा निरज श्रेष्ठको खोजीमा सहयोग पुर्याउन आह्वान गरेका छ। कसैले निरज श्रेष्ठकोबारे जानकारी प्राप्त भएमा उत्तम कार्कीले आफूलाई ५१०-६२०-४३९७ भन्न अनुरोध गर्दै परिवार र समाजको तर्फवाट सम्पूर्ण संघ संस्थाहरुलाई समेत सघाउन अनुरोध गरेका छन्। हराएका व्यक्तिको परिवारले सम्पूर्णलाई अनुरोध गर्दै सबै कम्युनिटी अगुवाहरुलाई समेत खोजी कार्यमा सघाउन आह्वान गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment