२७ करोडको स्रोत नदेखिएपछि रविविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा

डिसी नेपाल
७ पुष २०८१ १६:०६
1.5k
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैयाँ स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको हो।

यसका साथै उनीविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा समेत कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको मुद्दा दायर गरिएको जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *