प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह दृश्य प्रलेखको लोकार्पण

डिसी नेपाल
७ पुष २०८१ २१:३०
44
Shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, लेखक तथा प्राज्ञ अमर न्यौपाने, लेखक तथा प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, लेखक तथा समालोचक सुमन वर्षा र लेखक/प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्।

समिक्षक सुमन वर्षाले कथा सङ्ग्रहमा महिला पात्रलाई सशक्त र अधिकार सम्पन्न रुपमा प्रस्तुत भएको प्रत्येक कथाहरूले पाठकलाई नयाँपन दिने बताइन्।

समीक्षक राजकुमार बानियाँले प्रत्येक कथाका पात्र र प्रस्तुति नौलो रहेको, साँच्चिकै किताब पढेर पुरस्कृत हुने भए यो किताब हुनुपर्ने बताए। उनले किताब पढ्दा कुनै पनि खोट लगाउने ठाउँ नभेटेको बताए।

मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले कथाहरू पढ्दा नयाँपन, रोमाञ्चित लागेको र लेखकको पहिलो सङ्ग्रह नै यति राम्रो हुनुमा लेखकको मेहनत स्पष्ट देखिएको बताए।

लेखक तथा प्रहरी नायब निरीक्षक रविन्द्र केसीले आफू कथाकारसित कथा लेखनको बेलादेखि नैसँगै रहेको र उनको कथा लेखनले प्रभाव पारेको बताए।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरीभित्र पनि सिर्जनात्मक पक्ष रहेको र गोपालचन्द्र यसको उपलब्धि रहेको र उनको प्रहरी सेवा र लेखन क्षेत्रमा सफलताको कामना गरे। शिखा बुक्सद्वारा प्रकाशित यो कथा सङ्ग्रहको मूल्य ५५५ रुपैयाँ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *