लागु औषधसहित दुईजना पक्राउ

सुधा देव
८ पुष २०८१ १९:१७
244
Shares

सप्तरी। सप्तरी प्रहरीले लागु औषध सहित दुईजनालाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका(१ सिस्वाका अन्दाजी २५ वर्षीय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षीय रविन कुमार साह रहेका छन्।

प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढी तर्फ आउँदै गरेको १(०२(०४० प ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागु औषध बरामद भएको सप्तरीको प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।

प्रक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *