समाजको लागि राजनीति गर्नुपर्छ : शशाङ्क कोइराला

डिसी नेपाल
१० पुष २०८१ १५:३०
64
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन्।

बुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले विपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताएका हुन्।

उनले भने, ‘जिवन हामीले एक चोटी पाउने हो। तपाईंले कसरी प्रयोग गर्नुहुन्छ? तपाईंको परिचय तयसबाट हुन्छ। मरीसकेपछि मान्छेले सम्झिन्छन्। आज विपी कोइरालालाई किन सम्झिन्छौं? उहाँ करोडपति त हुनुहुन्थ्यो। विपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो जिवन प्रयोग गर्नुभयो। तपाईं आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ। आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन। हाम्रो समाज कस्तो छ ? हजारौं वर्षदेखी चलिरहेको समाजको निरन्तरता हामीले दिने हो। विपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’

साथै उनले आफ्नो लागि नभैइ अर्काको लागि राजनीति गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताए। उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *