जसपा नेपालले बोलायो केन्द्रीय विभागहरूको बैठक
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ।
जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको प्रत्येक विभागको बैठक हरेक दिन पालैपालो बस्ने गरी आह्वान गरिएको छ।
प्रमुख बस्नेतका अनुसार बुधबार पुस १० गते सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागको, ११ गते वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको , पुस १२ गते सहकारी तथा गरिवी निवारण विभागको र पुस १३ गते प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्नेछ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या विभागको बैठक पुस १४ गते, पुस १५ गते बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको र पुस १६ गते महिला विभागको बैठक बोलाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पुस १८ गते, संगठन विभागको पुस १९ गते, सामाजिक सेवा तथा गैर सहकारी विभागको बैठक पुस २० गते, आर्थिक विभाग र पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठक पुस २२ गते, कानुन विभागको बैठक पुस २३ गते र शिक्षा विभागको बैठक पुस २४ गते बस्ने बताइएको छ।
उनका अनुसार यस अघि पुस ८ गते युवा विद्यार्थी तथा खेलकुद विभाग र पुस ९ गते कृषि तथा भूमि व्यवस्था विभागको बैठक बसेको थियो। विभागको बैठकले आवश्यक पदाधिकारी चयन गर्नुका साथै आगामी कार्ययोजनासमेत तयार पार्ने प्रमुख बस्नेतले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment