एमाले-कांग्रेस सरकार राजनीतिक शक्तिको एकीकृत स्वरुप हो : मन्त्री पौडेल

डिसी नेपाल
१० पुष २०८१ १९:३३
108
Shares

काठमाडौं । सञ्चारिका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारलाई स्वागत गरेको छ। बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले समूहकी पूर्वअध्यक्ष तथा सल्लाहकार एवं महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा, नितु पण्डितलगायतलाई स्वागत तथा ज्ञापन पत्र प्रदान गरेको हो।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन्। उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन्।

उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ। झण्डै दुई तिहाईको सरकार बनेको छ। यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिती हुँदैन। त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो।’

साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए। उनले यो सरकार पनि काममा असफल भए कस्ले गर्छ भन्दै प्रश्न गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *