राष्ट्रपति पौडेलद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
१२ पुष २०८१ २१:३१
108
Shares

काठमाडौँं। रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेक छन्।

पूर्वप्रधानमन्त्री सिंहको बिहीबार उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै उनी भारतका दूरदर्शी नेता रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *