जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै

डिसी नेपाल
१३ पुष २०८१ १०:१३
24
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

पार्टीले विभागहरुलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशिल बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरुको बैठक चलिरहेको बस्नेतले बताएका छन्।

जसपा नेपालले पुस ८ गतेदेखि पुस २४ गतेसम्म गठन भएका विभागहरुको बैठक पालैपालो बस्ने गरी बोलाएको छ। गठन भएपछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *