मन्त्री पाण्डेले गरे निर्माणधिन नेपालगन्ज विमानस्थल निरीक्षण

डिसी नेपाल
१३ पुष २०८१ १३:४७
116
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन्।

शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन्। तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले वि.स.२०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिए। मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किँने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *