सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन सक्दैनः मुख्यमन्त्री लामा
भरतपुर। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन नसक्ने बताएका छन्।
शनिबार चितवनको भरतपुरमा चितवन उद्योग संघको ३३ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले गरेका ठुला–ठुला पुर्वाधार विकासको कुनै चर्चा नहुने साना तिना कामको बढी प्रशंसा हुने गरेको जिकिर गरे।
मुख्यमन्त्री लामाले सरकारले उद्योगी व्यवसायी किसानलाई दिईएको अनुदानको उचित ठाउँमा लगानी नभएको उल्लेख गरे। साना साना कामको लागि पनि सरकारको मुख ताक्नु गलत भएको बताउँदै उनले सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment