गाडीले किचेर सर्लाहीमा प्रहरी निरीक्षकको मृत्यु
काठमाडाैं। सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति पौने ९ बजे बलरा नगरपालिका-९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो।
उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment