निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनबाट पुन: सापकोटा निर्वचित

डिसी नेपाल
२२ पुष २०८१ ९:५४
28
Shares

महोत्तरी । निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औं जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन् ।

शनिबार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो । यसअघिको कार्यकालवाट सापकोटा दोहोरिए तपनि अन्य पदाधिकारी भने धेरैजसो नया अनुहारहरु छन्।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा संजीव ठाकुर, द्वितीय उपाध्यक्षमा फेकन राउत, सचिवमा उमेश महतो, स(सचिवमा अरुण कुमार कार्की, कोषाध्यक्ष विनित झा, स- कोषाध्यक्षमा विनोद ढकाल निर्वाचित गरेको छ । सदस्यहरुमा भने सुकेश्वर यादव र दिपेन्द्र महतो निर्वाचित भएको प्यावसन महोत्तरीले जनाएको छ ।

जम्मा १३ जनाको कार्यसमितिमा ३ जनालाई निर्वाचित कार्यसमितिको पहिलो वैठकले मनोनीत गर्ने व्यवस्था रहेको र सोहीअनुसार मनोनीत गर्ने नवनिर्वाचित स(कोषाध्यक्ष विनोद ढकालले जानकारी दिए । यो सगैँ कार्यसमितिको संख्या १३ पुग्नेछ ।

जिल्लामा संस्थागत विध्यालयहरुको छाता संगठन प्यावसन र एनप्यावसन मध्ये प्यावसन अन्तर्गत मात्र ५१ वटा विद्यालयहरु छन जस्ले संस्थागत विद्यालयहरुको ७० प्रतिशत भन्दा बढी ओगटेको छ ।

संस्थागत विद्यालयहरुको प्यावसनमा जिल्लामा अहिले ४२ हजार भन्दा बढी विद्यार्थी अध्यण गर्दै आएका प्यावसन महोत्तरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *