नरेश भन्दै छन् ‘माछी मारे जाई’ समिक्षा
काठमाडौं। पछिल्लो समयलाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किँदैछ। प्रविधिले मारेको फड्कोसंगै गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ।
गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने मध्यमा कैलालीका युवा नरेश जोगी पनि पर्छन्। आफ्नो भाषा, कला संस्कृति संरक्षणको पक्षमा गीत, संगीतको माध्यमबाट योगदान दिदै आइरहेका नरेश जोगीको शब्द, संगीत र स्वरमा थारु गीत ‘मच्छी मारे जाई’को सुन्दर भिडियो सार्वजनिक भएको छ।
नरेश जोगीलाई आरके थारु, राज कुश्मी, सोनु कुश्मी, आरजु चौधरीले स्वरमा साथ दिएका छन्। झण्डै लाखको हाराहारीमा हेरिएको भिडियोमा नरेश जोगी, समिक्षा चौधरी, रुनी चौधरी, दिपिका चौधरी, निरज चौधरी लगायतका कलाकारको अभिनय रहेको छ । नरेश जोगीले निर्देशन गरेको भिडियोमा सम्पादन मिलन विश्वकर्मा, मास्टरिङ चन्द चौधरी, क्यामरा दया चौधरीको रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment