‘ममी’को नयाँ पोस्टर सार्वजनिक
A vertical shot of the black cat in the dark darkness
काठमाडाैं। समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन्। उनको छेउमा कालो बिरालो समेत देखिन्छ।
पुरानो घरको अगमाडी उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ । फोटो फ्रेमको काँच फुटेको देखिन्छ। त्यसबाट घरमा रहेको नकारात्कम शक्तिले आक्रमण गरेको बुझिन्छ । सिनेमाको सार्वजनिक यो पोस्टरले दर्शकमाझ सिनेमा प्रति कौतुहल्ता पैदा गर्ने विश्वास निर्माण टिमको छ।
हरर फ्यामिली ड्रामा सिनेमामा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment