प्रधानमन्त्री कप क्रिकेटः विन्दु रावलको कप्तानीमा सुदूरको टोली
बैतडी। प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ।
प्रतियोगिताका लागि विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए।
कप्तानमा विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनिषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन्।
प्रशिक्षकमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा र फिजियो तथा सहायक प्रशिक्षकमा दिपेन्द्र बोहरा रहेका सचिव भट्टले बताए। यही पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सञ्चालन भएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा अन्तिम टोली सार्वजनिक गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment