६ सय ७० केजी गाँजा बराबद
सप्तरी। सप्तरी प्रहरीले परालले छाेपेकाे अवस्थामा ६ सय ७० किलो गाँजा शनिबार बरामद गरेको छ।
जिल्लाकाे बलान बिहुल गाउँपालिका १ स्थित चन्हीबाट प्रहरीले छोपिएको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
गाँजा २४ वटा प्याकेटमा राखेर परालले छोपिएको अवस्थामा भेटिएको प्रमुख खतिवडाको भनाइ छ। यस विषयमा अनुसन्धान भइरहेको छ।
यसअघि सप्तरी मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट टिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो गाँजा नियन्त्रणमा लिएको थियो।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment