‘जङ्गली काँडा’ सार्वजनिक, भिडियोमा बादल श्रेष्ठसहित सुरेन्द्र, क्रिस र तुल्साको अभिनय
इटहरी। पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्रीमियर गरिएको छ।
इटहरीमा रहेको प्रिमियर होटल स्कुलको सभाहलमा आयोजना गरिएको म्युजिक भिडियाे प्रीमियर कार्यक्रममा कोशी प्रदेशका संगीत, साहित्य र चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
उपस्थित अतिथिहरुले म्युजिक भिडियो निर्माण युनिटलाई शुभकामना व्यक्त गरे । सिलाम साक्मा प्रोडक्सन हाउसको ब्यानरमा तयार भएको ‘जङ्गली काँडा’लाई बारत लिम्बूको निर्देशनमा तयार गरिएको हो । होम स्टेमा आएको पाहुनाले आफूले मन पराएको मान्छेमाथि नजर लगाएपछि देखिएको संका र आक्रोश भिडियोमा समावेश गरिएको छ ।
साँचो प्रेम कहिले पनि टुट्दैन भन्ने उदाहरण समेत भिडियोले दिन खोजेको छ । सार्वजनीक भिडियोमा बादल र सुरेन्द्रको अलावा क्रिस गुरुङ र तुल्सा सारुमगरले समेत मुख्य भूमिकामा अभिनय गरेका छन् ।
नन्दु गुरुङको स्वरमा रहेको फिल्मको गीतलाई कुमार गुरुङले लेखेका छन् भने उनैले संगीतवद्ध गरेका छन् । उक्त गीतको संगीत संयोजन काव्य रेकर्ड्सका अशोक थापाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
सार्वजनीक भिडियोमा सिनेमाटोग्राफी सुमन तामाङको रहेको छ भने सहायक क्यामेराम्यान देवराज सिग्देल हुन् । फिल्मको सम्पादन विकास धमलाले गरेका छन् । भिडियोको पोस्टर डिजाइन्स अर्जुन खड्काको रहेको छ ।
कोशी भिजन फिल्म्समा प्रि-प्रोडक्सन गरिएको भिडियोलाई बूढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ । सार्वजनीक पश्चात भिडियोले सकारात्मक प्रतिक्रया बटुलिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment