बाघको आक्रमणबाट बर्दियामा ४० वर्षीया महिलाको मृत्यु

डिसी नेपाल
२८ पुष २०८१ १८:२७
140
Shares

बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।

ठाकुरबाबा नगरपालिका–७ मा पाटे बाघको आक्रमणबाट परी पदमकला थापाको मृत्यु भएको हो।

मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जाँदा थापालाइ पाटे बाघले झम्टेको थियो। सुन्दरपुरकी ४० वर्षीया थापाको मृत्यु भएको सोही वडाका वडा अध्यक्ष कलम विष्टले बताए।

उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको स‌युंक्त टोलीले र बाघले आक्रमण गरेको ठाउँबाट उनको शव निकालेका थिए। पछिल्लो वर्षमा सो बाघको आक्रामणवाट २ जनाको ज्यानको मृत्यु भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *