नक्कली प्रेस विज्ञप्ति जारी गर्ने गिरोह सक्रिय भएको भन्दै कांग्रेसले जनायो आपत्ति

डिसी नेपाल
२८ पुष २०८१ १९:५७
424
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस विज्ञप्ति जारी गर्ने गिरोह सक्रिय भएको भन्दै आपत्ति जनाएको छ।

नेपाली राजनीतिलाई तरंगित गर्ने, गठबन्धनको सरकारबारे अन्यौल सिर्जना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालमा सम्प्रेषित भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ। साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ,’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *