‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ ४ विजेता घोषित
काठमाडौं। ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा ४ विजेता छानिएका छन्। बालबालिकाको प्रतिभा निखार्ने एउटा पृथक् प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी, केटा गरेर एकसाथ ४ विजेता छानिएका हुन्।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ अदृत कुवँर विजेता बन्दा जुनिएर केटीको उपाधि तोरिशा भण्डारीले हात पारिन्।
त्यस्तै, सिनियर केटातर्फ निभर्य श्रेष्ठ मुल विजेता घोषित हुँदा सिनियर केटीतर्फ संस्कृति केसीले शिर्ष उपाधि हात पारिन्। शीर्ष विजेता सबैले उपाधिको साथमा बिभिन्न अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे।
नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीताहरु भन्दा भिन्न तवरबाट अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमा सहित आयोजित प्रतियोगितामा जुनियर केटातर्फ सेकेन्ड रनरअप रुसेभ तमाङ, फष्ट रनरअप साश्वत भट्टराई छानिदा जुनियर केटीतर्फ दिप्ता श्रेष्ठ सेकेण्ड रनरअप र इभाना लामा फष्ट रनरअप बने।
सिनियर केटातर्फ भने ज्याकोब सापकोटा सेकेन्ड रनर अप, प्रनित महर्जन फष्ट रनरअप बन्दा सिनियर केटीतर्फ इनोसी चौधरी सेकेन्ड रनरअप, रिहाना रिजाल फष्ट रनरअप विजेता बन्न सफल रहे।
मेनका खत्री (प्राइमरी कोअडिनेटर ज्ञानोदय बालबाटिका बिद्यालय), सन्तोष चापागाई (इसिए कोअडिनेटर भ्याली भ्यु स्कुल), किरण कटुवाल ( निर्देशक एलसी केटीएम एभेरेष्ट ), आशिष थापा (निर्देशक आरए इभेन्ट म्यानेजमेन्ट कम्पनी), सन्ध्या नकर्मी (बिकम नेपाल प्रोग्राम म्यानेजर), सबरीना मधिकर्मी (लिडर सिसिए इभेन्ट स्टुडेन्ट वेयलफेयर अक्षरा स्कुल), नीलिमा मास्के श्रेष्ठ (फाउन्डर प्रिन्सिपल ब्युटिफुल माइन्स प्रि स्कुल) लगायत निर्णायक रहेको प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो। प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए।
विभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगिता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिए। प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन्। प्रतियोगीताको यो तेस्रो संस्करण हो।
बुद्धिजीवी, सेलिब्रेटी, उपत्यकाका विभिन्न स्कुलका प्रिन्सिपल बिद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रमबाट आफूले भरपुर मनोरञ्जन प्राप्त गरेको र कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको रहेको सहभागीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment