माओवादीको पदाधिकारी बैठक आह्वान, पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी

डिसी नेपाल
२९ पुष २०८१ १२:५४
780
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आह्वान भएको छ।

बुधबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बस्नेगरि बैठक डाकिएको हो।

माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ।

पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ। पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएको पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षसरहकै कुर्सीमा राखिएको थियो।

माओवादी केन्द्रको पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समितिको बैठकले नेताहरुको कार्यविभाजन गरेर अपानी जारी गर्ने निर्णय गरेको थियो। माओवादी अध्यक्ष ‘प्रचण्ड’ले अपानीमा अरु नेताहरुको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने बताएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *