हिउँदे अधिवेशनमा सरकारले ३ विधेयक पेश गर्ने

डिसी नेपाल
२९ पुष २०८१ १८:०१
312
Shares

काठमाडौं। सरकारले तीनवटा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ।

गत पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले तीनवटा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

उनका अनुसार हिउँदे अधिवेशनमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *