सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

डिसी नेपाल
२९ पुष २०८१ २२:३१
32
Shares

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन्।

गृहजिल्ला झापाको मेचीनगरमा आज पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘यो सरकार अहिलेको आवश्यकता हो। प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ। उहाँलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ’, महामन्त्री शर्माले भने।

नेपालभित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै महामन्त्री शर्माले बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनुपर्नेमा जोड दिए। उनले गैरआवासीय नेपालीलाई नागरिकता दिइसकेपछि दश वर्षे प्रवेशाज्ञा (भिसा) दिने व्यवस्था आवश्यक नरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *