शीतल निवासमा चियापान (तस्बिरहरू)

डिसी नेपाल
१ माघ २०८१ ११:२३
72
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मकर संक्रान्तिका अवसरमा शीतल निवासमा चियापान समारोह आयोजना गरेका छन्।

माघी पर्वका अवसरमा आयोजित चियापानमा बोल्दै राष्ट्रपतिले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताएका छन्।

उनले पौडेलले मुलुक सामू विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।

चियापान समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल सहभागी छन्।

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव, विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल पनि सहभागी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *