अन्तराष्ट्रिय साम्राज्यवादविरुद्ध निरन्तर लड्नुपर्ने छ : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सवैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।
कम्युनिष्ट पार्टीका नेताले पटक/पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए। अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्व समाधान गरेकाले नेपालीले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे।
पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सवैको रहेको उनको भनाइ छ। उनले अन्तराष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठिक कुराको विरोध र सहि कुराको समर्थन गर्र्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे। उनले पिस्कर दमन र प्रतिरोधको कथा भएको स्मरण गरे। निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रुपमा मनाउने गरिन्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment