फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको २४ घण्टा नपुग्दै १० लाख बढी भ्यूज

डिसी नेपाल
२ माघ २०८१ ११:००
548
Shares

काठमाडौं। नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको २४ घण्टा नपुग्दै १० लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार दुई सय बढी दर्शकले प्रतिक्रिया दिएका छन्।

फिल्मकी निर्देशक कृषा चौलागाईंले टिजर रिलिजको छोटो समयमा नै दर्शकबाट उत्कृष्ट प्रतिक्रियासहित १० लाख बढी पटक टिजर हेर्नु फिल्मको टिमको लागि खुशीको कुरा भएको बताइन् । दर्शकले फिल्मको प्रमुख कलाकारहरुको एक्सनलाई निकै मनपराएका छन्।

निर्देशक कृषा चौलागाई निर्देशित फिल्ममा विशाल चौलागाईं निर्माता छन्। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *