वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

डिसी नेपाल
२ माघ २०८१ १६:५१
1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्तामाथि आक्रमणको प्रयास भएको छ।

सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले आक्रमण गरेका हुन्।

रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *