एलिनाको ‘डिभोर्स’ चर्चा : कति सत्य?
काठमाडौं । नेपालको सांगीतिक वृत्तमा यतिबेला चर्चित गायिका एलिना चौहानको वैवाहिक सम्बन्धको कुरा चर्चामा छ। उनको वैवाहिक जीवन दरारको संघारमा पुगेको चर्चा सांगीतिक वृत्त र सामाजिक सञ्जालमा भइरहेको हो।
वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग प्रेम सम्बन्धलाई बैबाहिक रुपमा परिणत गरेकी थिइन्। एक वर्ष नबित्दै सम्बन्धबारेका प्रश्नले चौहानलाई घेरिरहेको छ।
बिहेलगत्तै उनी पतिसँग अस्ट्रेलिया पुगेकी थिइन्। तर, अस्ट्रेलिया बसाई छोट्याउँदै उनी नेपाल फर्किएकी थिइन्। त्यसयता उनले निरन्तर विष्णुसँगको सम्बन्धलाई लिएर प्रश्नले घेरिनु परेको हो। उनी नेपाल आएर ओशोमार्गीसमेत बनिन्।
केही दिनअघि गायिका ज्याति मगरले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट फेसबुकमा गरेकी थिइन्। त्यो स्टाटस केही समयमै डिलिट भयो। धेरैले त्यो स्टाटस एलिना लक्षीत रहेको आँकलन गरेका छन्।
यहीबीच एलिनाले भने अहिले यसबारे केही बोल्न नचाहेको प्रतिक्रिया दिइरहेकी छन्। उनले यस्ता कुराले आफूलाई टर्चर महसुस भइरहेको र यसबारे अहिले केही नबोल्ने उनको भनाइ छ। जता जाँदा पनि आफूलाई यीनै प्रश्नले घेर्न थालेको उनको प्रतिक्रिया छ।
डिभोर्सको हल्लाबीच एलिनाले ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्। गीतले उनीहरूको सम्बन्ध चिसिएको हो कि भन्ने कुरामा थप जोड दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment