चितुवाको छालासहित एक जना पक्राउ

डिसी नेपाल
४ माघ २०८१ २०:३८

धनगढी। कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ वटा दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ। चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *