पर्साबाट १ सय ९५ किलो गाँजा बरामद

डिसी नेपाल
६ माघ २०८१ ८:१९
36
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले १ सय ९५ किलो गाँजा बरामद गरेको छ। बाराबाट भारततर्फ गइरहेको गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बारा, पर्सा अहिले गाँजा तस्करीको हब बन्दै गएको छ । केही दिनदेखि बारा र पर्सा दुवै जिल्लाका प्रहरीले गाँजा नियन्त्रणका लागि प्रहरी अप्रेशन सञ्चालन गर्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *