संसदका ४ समितिका बैठक बस्दै
काठमाडाैं। संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन्।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ। जुन बैठक बिहान ११ः३० बजे बोलाइएकोछ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ। जुन बैठकमा महान्यायधिवक्ता कार्यालयको काम कारबाहीको सबन्धमामा छलफल हुनेछ।
सार्वजनिक लेखा समितिको बैठकमा २ वटा अजेन्डामा छलफल हुनेछ। जसअनुसार उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय तथा समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गरिनेछ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ।
उता, दिउँसो ३ः०० बजेवाट सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। जुन बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने सबन्धित समितिले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment