डाक्टर बिक्रान्त मेहताको माया गर्ने मै होमा स्मारिका

डिसी नेपाल
९ माघ २०८१ १२:२४
148
Shares

काठमाडौं । डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेसाले चिकित्सक रहेका अर्थोपेडिक सर्जन डा. मेहताकै अभिनय रहेको गीतमा सुन्दर मोडल स्मारिका ढकालको अभिनय छ। एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनका लागि उपहार हुन सक्छ।

भिडियोमा मोडलद्वय डाक्टर मेहता र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन्। भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदासम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्।

निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। रिदम कँडेलको ऐरेन्ज, नरेश बिबिसीको मिक्सिङ् मास्टरिङ् तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको कन्सेप्ट पनि निर्देशन धितालकै हो।

सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको हो। जसको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *