मधेश प्रदेशका मुख्यमन्त्री सिंहको पुत्ला दहन
जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुत्ला दहन गरिएको छ।
बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेका छन्।
मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन्। चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका हुन्। मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए।
विरोध प्रदर्शनमा युवाहरूले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment