प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएन, चार कार्यक्रमको भ्रमण स्थगित

डिसी नेपाल
११ माघ २०८१ १३:००
8.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नदेखिपछि उनको लुम्बिनी प्रदेश भ्रमण रोकिएको छ।

चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहअनुसार ओलीले पूर्वनिर्धारित सबै कार्यक्रम ‘भर्चुअल’ माध्ययमबाट सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२:५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १:१५ बजे बुटवल-गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने रहेकोमा उनी आज कतै नजाने उनको सचिवालयले जनाएको छ।

उनले सुरुङमार्गको उद्घाटन तथा अन्य काम भर्चुअलरुपमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए। धेरै दौडधुप नगर्न चिकीत्सकको सल्लाह अनुसार उद्घाटनमा नजाने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *