दीपक र पूर्णिमाले ल्याए ल्हासो ल्हासो
काठमाडौं। गायिका पुर्णिमा लामाले ल्हासो ल्हासो बोलको गीतको भिडियो रिलिज गरेकी छिन्। सार्वजनिक गीतमा गायिका लामालाई दिपक तामाङले स्वरमा साथ दिएका छन्। शब्द र संगीत र एरेन्ज दीपक तामाङको रहेको उक्त ल्होछार गीत गायिका पुर्णिमा लामा र दिपक तामाङ को सयुंक्त आवाजमा सार्वजनिक गरिएको हो।
इन्जिनियस टेलिभिजनद्वारा सार्वजनिक डम्फु सेलो कार्यक्रममा दोहोरी गायर जमेका पुर्णिमा लामा र दिपक तामाङ्को दोस्रो सहकार्य ल्होछार विशेष गीत ल्हासो ल्हासो सार्वजनिक भएको हो। उक्त ल्होछार गीत हालै मात्र दिपक तामाङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन्। नेपाली गीत संगित क्षेत्रको एक चम्किलो तारा पूर्णिमा सानै उमेर देखि नेपाली गीत संगीत क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित छिन्। गायिका लामाको आवाजमा यो वर्ष मात्रै दर्जनौ गीति संग्रह सार्वजनिक भए।
जुन गीतहरुले राम्रो चर्चा बटुलीरहेका छन्। उनका मुटु जली खरानी भो, फूल भनौं जिन्दगीलाई’ धेरै माया नगर्नु यहा कसैलाई, जस्ता चर्चित गीतहरु लाखौं दर्शक तथा श्रोताको मनमा बस्न सफल छन्। छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन् पूर्णिमा।
कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन्। त्यस अर्थमा उनी सफल र भाग्यमानि ठान्छिन् । उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरुले युट्युबमा मिलियन भ्यूज पाएका गीतहरु हुन्। यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment