गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
दिपायल । डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बडीकेदार–५ केदारमाडौं की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन्। उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
विस्नादेवीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको प्रजिअ जोशीले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment