डोटीमा एक पुरूषको मृत्यु
काठमाडौं । डोटीमा एक पुरूषको मृत्यु भएको छ।
आइतबार सायल गाउँपालिका-५ दैनाका ४० वर्षीय बहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।
उनका अनुसार शनिबार राति मादक पदार्थ सेवन गरेर उनले आफैंमाथि धारिलो हतियार प्रहार गर्दा घाइते भएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment