अभिनेत्री दीया पुन विवाह बन्धनमा

डिसी नेपाल
१३ माघ २०८१ २३:३७
2.8k
Shares

काठमाडौं । अभिनेत्री दीया पुन विवाह बन्धनमा बाँधिएकी छन्। उनी पर्यटन व्यवसायी रुक्मान लामासँग तामाङ विवाह बन्धनमा बाधिएकी हुन्।

परम्परा अनुसार उनीहरूको विवाह समारोह चितवनको भरतपुरमा आयोजना भएको हो। विवाह समारोहमा दुवैतर्फका नजिकका आफन्त र साथीभाइ सहभागी थिए।

उनीहरूले विवाहको जानकारी इन्स्टाग्राममार्फत दिएका हुन्। उनीहरू तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।

‘वीर विक्रम’बाट फिल्म अभिनयमा डेब्यु गरेकी दीयाले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानीलगायत फिल्म अभिनय गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *