स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने

डिसी नेपाल
१४ माघ २०८१ ६:५१
700
Shares

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ।” उनले एकीकृत र एकद्वार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बीमा रकम पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *