रविप्रति महेश बस्नेतको कटाक्ष: प्रभु बैंकसँगको कनेक्सन के हो?
काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्शनबारे प्रश्न उठाएका छन्। यस्तै, बस्नेतले प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्शन के हो भनेरपनि सोधेको छन्। रवि लामिछानेलाई धरौटी बुझाउन प्रभु बैंकको बैंक ग्यारेन्टी भएपछि बस्नेतले प्रश्न उठाएका छन्। हिजोमात्रै लामिछानेसँग रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी मागेको थियो।
बस्नेतले फेशबुकमा लेखेका छन्-
गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?
प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा इनीहरूको साठगाठ हुनुपर्छ ! यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment