सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै शेखरले गरे आलोचना
फाइल तस्वीर
मोरङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन्।
सोमवार विराटनगरमा नोना कोइराला पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले संसदलाई ढकेलेर अध्यायदेश ल्याउनु गलत भएको बताए। उनले दुइतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राखे। संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृतिलाई अन्त्य गर्नुपर्ने उनले बताए।
नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ नेता डा. कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment