साइराज खातीको ‘मेटु भन्छु केरकार पारी’मा अन्जना बराइलीको अभिनय

डिसी नेपाल
१८ माघ २०८१ १७:१३
408
Shares

काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटु भन्छु केरकार पारी’ ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्।

आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअप हुन्।

प्रसाद, पुजार सार्की जस्ता चलचित्रमा संगीत गरेका सुबास भुषालले यस गीतलाई संगीत गरेका छन् भने विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।

देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरु क्रमश चिसिँदै यथार्थलाई दृष्य कथा मार्फत् भन्न खोजिएको छ, जसमा अहिलेकी निकै व्यस्त नायिका अन्जना बराइलीको अभिनय रहेको छ। अभिनेत्री बराइलीलाई साथ दिएका छन् गीतकार तथा कलाकार सुरेन्द्र दियालीले।

विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेको हुन्। गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *