चलचित्र ‘बल्कि’ बन्ने

डिसी नेपाल
१९ माघ २०८१ ८:०३
28
Shares

काठमाडौं। शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणधिन चलचित्र ‘बल्कि’को नाम सार्वजनिक गरियो। चलचित्र ‘बल्कि’को कथा दिनेश बि.क.ले लेखेका हुन् भने यस चलचित्रलाई राहुल बराइलीले निर्देशन गर्ने भएका छन्।

म्युजिक भिडियो र चलचित्रको गीतहरुमा नृत्य निर्देशकको रुपमा आफ्नो पहिचान बनाएका बराइली ‘बल्कि’बाट चलचित्र निर्देशनमा डेब्यु गर्दैछन्। उनलाई नवराज शर्मा, करण साउद र विश्व माझीले निर्देशनमा साथ दिने निर्माण पक्षले जनाएको छ।

द पाम ग्रुप प्रालीको ब्यानरमा निर्माण हुने ‘बल्कि’ का निर्माता सुदन खत्री हुन् भने कार्यकारी निर्माता शेखर लामा रहेका छन्। चलचित्र ‘बल्कि’ ले हास्य, रोदन, भावनात्मक, सामाजिक जातीय विभेद र छुवाछुतबाट सबैजना अलगिएर हामी सबै एक सम्मानित नागरिक हौ भन्ने सन्देश दिने कार्यकारी निर्माता लामाको भनाइ छ। लामाले यो भन्दा पहिला बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ निर्माण गरिसकेका छन्।

आगामी फागुणको अन्तिम साताबाट छायांकन सुरु गरिने ‘बल्कि’का लागि कलाकारहरु छनौट भैरहेको छ भने राजु किरातीको द्वन्द्व, बासु न्यौपानेको छायांकन रहने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *