वडाध्यक्षको हृदयाघातबाट मृत्यु
चितवन । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ।
राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो। राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए।
तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन्। मियाको उपचारको क्रममा दिउँसो २:४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ।
३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन्। मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment