जापान भ्रमणका क्रममा बिरामी भएकी ताइवानी अभिनेत्री बार्बी शुको निधन

डिसी नेपाल
२२ माघ २०८१ ११:५८
5.5k
Shares

काठमाडौं । ताइवानी अभिनेत्री बार्बी शुको ४८ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको छ। स्थानीय मिडियाले यो जानकारी दिएको छ।

ताइवान बाहेक बार्बी शु फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसियामा पनि धेरै लोकप्रिय थिइन् । बार्बी शु जापानको यात्राको क्रममा बिरामी परिन्। बार्बी शुकी बहिनी डी शुले ताइवानी टिभी च्यानल टिभीबीएस न्यूजलाई उनको मृत्युको पुष्टि गरिन्।

बार्बी शुकी बहिनीको प्रबन्धकले एउटा बयान साझा गरेका छन् । यसमा उनले भने, “हाम्रो परिवार चन्द्र नयाँ वर्षको समयमा बिदा मनाउन जापान आएको थियो। मेरी प्यारी बहिनी बार्बी दुर्भाग्यवश निमोनियाबाट पीडित भएपछि हामीलाई छोडेर गइन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *