कुरान जलाएको घटनामा हत्या गरिएका सलवान मोमिकाका साथी दोषी ठहर
काठमाडौं । कुरान जलाएको मुद्दामा स्वीडेनको एक अदालतले सलवान नाजेम नामका एक व्यक्तिलाई दोषी ठहर गरेको छ।
स्टकहोम जिल्ला अदालतले सलवान नाजेमलाई जरिवाना पनि तोकेको छ। नाजेमलाई २०२३ मा स्वीडेनमा कुरान जलाउने चार घटनामा भाग लिएकोमा दोषी ठहराइएको थियो।
गत हप्ता, कुरान जलाएको आरोप लागेका अर्का व्यक्ति सलवान मोमिकालाई गोली हानी मारिएको थियो। सलवान मोमिकालाई स्टकहोम नजिकैको एउटा शहरको अपार्टमेन्टमा गोली हानी मारिएको थियो।
टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेको बेला मोमिकालाई गोली हानी मारिएको थियो।
२०२३ मा, मोमिकाले स्टकहोम केन्द्रीय मस्जिद बाहिर कुरान जलाएका थिए, त्यसपछि धेरै ठाउँमा विरोध प्रदर्शन भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment